Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटका नगर प्रमुख बोहराद्वारा स्थानीय तहका कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८२
वेदकोटका नगर प्रमुख बोहराद्वारा स्थानीय तहका कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता
0
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरूले स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै गरिरहेको आन्दोलनमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोज बोहराले ऐक्यबद्धता जनाएका छन्।

नगर प्रमुख बोहोराले कर्मचारीहरूको माग जायज रहेको बताउँदै उनीहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने बताएका छन्।

स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरूले आफ्नो आन्दोलनलाई तीव्र पारेका छन्। गत वैशाख २६ गतेदेखि सुरु भएको यो आन्दोलनका कारण प्रदेशका ८८ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन्।

कर्मचारीहरूले आफ्ना कार्यालयहरूमा तालाबन्दी गर्ने र धर्ना दिने जस्ता कार्यक्रमहरू गर्दै आएका छन्। स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिको नेतृत्वमा जारी रहेको यो आन्दोलनले यही आइतबारदेखि थप सशक्त रूप लिने घोषणा गरेको छ।

कर्मचारीहरूले ऐनको अभावमा आफ्नो भूमिका अन्योलमा परेको, सेवा प्रवाहमा अस्थिरता आएको र कर्मचारीहरूको मनोबल खस्किएको बताएका छन्। उनीहरूले प्रदेश सरकारसँग तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरेका छन्।नेपालको संविधानको धारा २८३ को उपधारा ३ र अनुसूची ६ मा प्रदेशलाई स्थानीय सेवा ऐन बनाउने अधिकार दिइएको छ। तर, सुदूरपश्चिम प्रदेश बाहेक अन्य ६ वटा प्रदेशले यस ऐनलाई जारी गरिसके पनि यहाँ ढिलाइ भएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको कर्मचारीहरूको भनाई छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३
ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

साउन २३, २०८३
विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

साउन २३, २०८३
पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व