Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छरिएको पुँजी एकीकृत गरी लगानी बढाउने विषयमा सरकार प्रतिवद्ध छ : उद्योग मन्त्री भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ३१, बुधबार १८:०२
छरिएको पुँजी एकीकृत गरी लगानी बढाउने विषयमा सरकार प्रतिवद्ध छ : उद्योग मन्त्री भण्डारी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउनु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका मागहरुका बिषयमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहने गरी आगामी बजेट आउने विश्वास व्यक्त गर्नुभयो ।


मन्त्री भण्डारीले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ । वर्तमान सरकारले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्त्वपूर्ण साझेदारीको रूपमा हेरेको उहाँको भनाई छ । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक विकास, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवद्र्धन, आपूर्ति प्रणाली व्यवस्थापन मार्फत समग्र आर्थिक विकासको महत्त्वपूर्ण कार्यक्षेत्र समेटेको छ । उद्योग तथा अन्तर्राष्ट्रिय व्यापारको लागि आवश्यक पूर्वाधार विकास, उत्पादनशील अर्थतन्त्रमा युवा सहभागिता, स्टार्टअप र नवउद्यमहरूलाई प्रोत्साहन, उद्यमशीलता विकास, तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न मन्त्रालयले कार्य गरिरहेको छ ।

विगतमा मापन हुने गरेको इज अफ डुइङ बिजनेस (Ease of Doing Business) र हालको बिजनेस रेडी इन्डेक्सहरूमा सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रार को कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमति÷लाईसेन्सिङ लगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको छ ।” उहाँले भन्नुभयो,“आर्थिक वर्ष २०८१÷८२ को प्रथम ८ महिनामा उद्योग विभागमा ४ सय ३८ नयाँ उद्योग दर्ता भई रु. १ खर्ब ७१ अर्ब ३६ करोडको लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको छ । २०८१ फागुनसम्म उद्योग विभागमा ३३३ वटा अटोमेटिक र ६६४९ वटा अप्रुभल रुटबाट गरी कूल ६९८२ परियोजनाहरूमा रु.५ खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट ३ लाख ३९ हजार ६ सय ७५ रोजगारी सिर्जना हुने अपेक्षा छ ।”


मन्त्री भण्डारीले भन्नुभयो,“स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुने गरी प्रक्रियागत सरलीकरण गरिएको छ ।”


उहाँले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिका लागि यस वर्ष लगानीको वातावरण सुधार र औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न जारी भएका अध्यादेश लगायतका कानुनी र नीतिगत व्यवस्था मार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरिएको बताउनुभयो । उहाँले यसबाट निजी क्षेत्रको समग्र मनोबल उच्च भएको बताउनुभयो । “उद्योग क्षेत्रको सेवा प्रवाह सुधारका लागि विद्युतीय प्रणालीको उपयोग गर्दै प्रक्रियागत सरलीकरण गरिएको छ । नेपालका गुणस्तर प्रयोगशालाहरूको क्षमता बिस्तार गर्दै प्रयोगशालाबाट हुने परीक्षणलाई अन्तर्राष्ट्रिय व्यापारमा मान्यता एवं ग्राह्यता वृद्धि गर्न जोड दिइएको छ ।” उहाँले भन्नुभयो, ।


मन्त्री भण्डारीले निर्यात प्रवद्र्धन गर्दै उपभोगमुखी आयात तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकारले गरेको प्रयासहरूले नतिजा हासिल गरेको बताउनुभयो ।


मन्त्री भण्डारीले स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगमा सरकारले विशेष जोड दिएको बताउनुभयो । सरकारी निकायमा स्वदेशी उत्पादनको अनिवार्य उपयोगको कानुनी र नीतिगत व्यवस्था गरी सरकारले यस क्षेत्रमा महत्त्वपूर्ण कदम अगाडी बढाएको मन्त्री भण्डारीको भनाई छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा
देश/राष्ट्रिय

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८२ बैशाख ३१, बुधबार १८:०२
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन
देश/राष्ट्रिय

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८२ बैशाख ३१, बुधबार १८:०२
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह
देश/राष्ट्रिय

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८२ बैशाख ३१, बुधबार १८:०२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही दिन ठूलो पानी नपर्ने

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

२०८२ बैशाख ३१, बुधबार १८:०२
ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८२ बैशाख ३१, बुधबार १८:०२
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८२ बैशाख ३१, बुधबार १८:०२
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८२ बैशाख ३१, बुधबार १८:०२
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८२ बैशाख ३१, बुधबार १८:०२
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८२ बैशाख ३१, बुधबार १८:०२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व