Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा एक दशकदेखि चार पक्की पुल अलपत्र, स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ३०, मंगलवार १९:११
कञ्चनपुरमा एक दशकदेखि चार पक्की पुल अलपत्र, स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर जिल्लामा विगत एक दशकदेखि चारवटा पक्की पुल अलपत्र परेका छन्। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा जिल्लाका विभिन्न नदी, नाला र खोलामा निर्माणाधीन पुलहरु अलपत्र अवस्थामा रहेका हुन्। सरकारले जिल्लाका दोदा नदी, ओदाल खोला, मलरिया नाला र मुसेपानी खोलामा पुल निर्माणका लागि ठेक्का दिए पनि अहिलेसम्म निर्माण कार्य पूरा हुन सकेको छैन।

पुल निर्माण नहुँदा स्थानीय सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। चारवटै पुलको पहिलो सम्झौता म्याद सकिएर चौथो र पाँचौँ पटकसम्म म्याद थप हुँदा पनि पुल निर्माणको कामले गति लिन सकेको छैन।

आर्थिक वर्ष २०७१/०७२ मा ठेक्का भएको देखतभूली लालझाडी जोड्ने दोदा नदीको पुल अझै अधुरै छ। लुम्बिनी राजेन्द्र कुमार शर्मा जेभीले २४ करोड २२ लाख ५७ हजार रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको उक्त पुलको भौतिक प्रगति अहिलेसम्म २० प्रतिशत मात्रै रहेको छ। यसअघि पुलको पहिलो डिजाइन असफल भएपछि दोस्रो डिजाइन तयार गरिएको थियो।

पुल निर्माणका लागि लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग ७० मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल निर्माण गर्न २०७२ पुस २६ गते सम्झौता गरेको थियो। २०७५ पुस २६ गते सम्पन्न गर्नुपर्ने भए पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि काम अलपत्र परेको थियो। तीनवटा पिलर गाडेर चौथो पिलर गाड्ने क्रममा दलदल भेटिएपछि पुलको डिजाइन नै परिवर्तन गरियो। तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन।

सम्झौता सकिएपछि पहिलो पटक २०७५ पुस २७ देखि २०७७ माघ २५ सम्म म्याद थप गरियो। पहिलो पटक म्याद थप भए पनि काम सुरु नभएपछि दोस्रो पटक २०७७ माघ २६ मा २०८० असार ३० सम्म सक्ने गरी म्याद थप गरिएको थियो। निरन्तर म्याद थप्दा पनि आगामी २०८२ माघसम्म पुल निर्माण हुनेमा आशंका उत्पन्न भएको छ।

बुडर नायल बंक रोडअन्तर्गत कृष्णपुर नगरपालिका–१ बंकको ओदाल खोलामा आर्थिक वर्ष २०७२/०७३ मै थागिम गल्वा भेजी भेन्चरले ५ करोड ४७ लाख ४ हजार रुपैयाँमा ठेक्का पाएको थियो। हालसम्म ८० प्रतिशत मात्रै भौतिक प्रगति भएको उक्त पुल समयमै निर्माण सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण कम्पनीलाई १० प्रतिशत हर्जना लगाएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले समयमै पुल निर्माण गर्न नसकेपछि दोधाराचाँदनी–१ मलरिया नालाको ठेक्का तोडिदिएको छ। शंकरमाली अकेला जेभीले ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ लागतमा निर्माण जिम्मा पाएको पुलको हालको प्रगति ५५ प्रतिशत मात्रै रहेको छ। बेलकोट नगरपालिका–६ र ७ जोड्ने मुसेपानी खोलामा राजेन्द्र लुम्बिनी जेभीले १५ करोड ४३ लाख २९ हजार रुपैयाँ लागतमा निर्माण जिम्मा पाएको थियो। हाल ७० प्रतिशत मात्रै प्रगति भएको छ।

चारवटै पुलको पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसके पनि भौतिक प्रगतिभन्दा बढी वित्तीय भुक्तानी गरिएको पाइएको छ। दोदा पुलको भौतिक प्रगति २० प्रतिशत भए पनि ४५ प्रतिशत वित्तीय भुक्तानी भएको छ। ओदाल खोलाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय भुक्तानी ७८ प्रतिशत, मलरिया नालाको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ५३ प्रतिशत तथा मुसेपानी खोलाको भौतिक र वित्तीय प्रगति ७०/७० प्रतिशत रहेको छ। सडक डिभिजन कार्यालयले काम नगर्ने ठेकेदारमाथि निगरानी बढाइएको जनाएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी एवं इन्जिनियर हरिसप्रसाद जोशीले अलपत्र पारिएका चारवटै पुलमा कार्यालयबाट उच्च निगरानी राखिएको बताए। उनले मलरिया नाला पुलको ठेक्का तोडिएको जानकारी दिँदै ठेकेदारले बदमासी गरेपछि नयाँ ठेक्का लगाउने तयारी भइरहेको बताए। हाल उक्त पुलको प्रगति आधा मात्रै भएको छ। ओदाल खोलाको पुल निर्माणका लागि निर्माण कम्पनीलाई १० प्रतिशत हर्जना लगाइएको र दोदा नदीको पुलको म्याद आगामी २०८२ माघसम्म थप भएकाले निर्माण कार्य अघि बढेको उनले बताए। सडक डिभिजन कार्यालय मातहत ठेक्का भएका पुल दशकौँ बितिसक्दा पनि पूरा नभए पनि पूर्वपश्चिम महेन्द्रराजमार्ग मर्मत सम्भार भने तीव्र रूपमा भइरहेको उनले जानकारी दिए।

सूचना अधिकारी जोशीका अनुसार एमएस कन्स्ट्रक्सनले ७० लाख बजेटमा गड्डाचौकी–अत्तरिया सडक, कापली कन्स्ट्रक्सन प्रालिले ४५ लाखमा अत्तरिया–चिसापानी र घोडासैनी निर्माण कम्पनीले २९ लाखमा अत्तरिया–फल्टुडे सडक मर्मत गरेको छ। ठेकेदारले दशकौँ बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र पारेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ। स्थानीयले पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन्। लालझाडी, कृष्णपुर, बेदकोट र दोधाराचाँदनी क्षेत्रका स्थानीय यसबाट बढी मारमा परेका छन्।

दोधाराचाँदनीका स्थानीय महादेव भट्टले ठेक्का भएको आठ वर्ष बितिसक्दा पनि पुल निर्माण नहुनु दुःखद भएको बताए। ‘काम सुरु गरेको आठ वर्ष भयो,’ उनले भने, ‘ठेकेदार कहिले आउँछ, कहिले जान्छ।’ ठेकेदारले स्थानीयसँग बजेट नभएको बहाना गरेर काम नगरेको बताउँदै फर्किने गरेको उनले बताए। लालझाडी गाउँपालिका–५ देखतभूलीका स्थानीय पदमा रानाले पक्की पुल निर्माण नहुँदा वर्षौंदेखि नदी तर्न काठको पुल प्रयोग गर्दै आएको बताइन्। ‘वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ गर्न पाउने सपना छ,’ उनले भनिन्, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, चुनाव जितेर गएपछि बिर्सिन्छन्।’

दोदामा पुल नहुँदा नागरिकले काठेपुलमा मोटरसाइकल र साइकलको शुल्क तिरेर आवतजावत गर्नुपर्ने बाध्यता छ। ‘नदीमा पुल छैन, स्थानीय समितिले निर्माण गरेकै काठेपुल प्रयोग गर्दा सवारी साधनको शुल्क तिर्नुपर्छ,’ स्थानीयले भने, ‘शुल्कभन्दा पनि ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता छ।’ एक पटकका लागि साइकलको २० र मोटरसाइकलको ४० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ। देखतभूलीका स्थानीय अगुवा जनकराज जोशीले सम्बन्धित निकायबाट ताकेता नहुँदा ठेकेदार कम्पनीले लापरबाही गरेका कारण पुल निर्माण कार्य अलपत्र परेको बताए।

लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी पुल निर्माणका तत्कालीन साइट इन्चार्ज गोविन्द विष्टले अहिले निर्माण कार्य सुरु भएको बताए। ‘विगतको डिजाइनअनुसार त्रुटि भेटियो, कङ्क्रिट भेटिएन,’ उनले भने, ‘दोस्रो पटकको डिजाइन पनि ढिलाइ भयो, अहिले थपिएको समयमा काम समयमै सम्पन्न नहुने भएकाले म्याद थप्नुपर्छ।’ अहिले पुल निर्माणको काम भइरहेको बताउँदै अब निरन्तर काम हुने उनले बताए। लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले समयमै पुल निर्माणका लागि पालिकाले सम्बन्धित निकायलाई दबाब दिने बताए। गड्डाचौकी–अत्तरिया, अत्तरिया–चिसापानी र अत्तरिया–फल्टुडेसम्मको बिग्रिएको सडक मर्मत कार्य भइरहेको जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍यो पत्राचार
Uncategorized

राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍यो पत्राचार

२०८२ बैशाख ३०, मंगलवार १९:११
नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा दिउन्ः प्रदेश प्रमुख भट्ट
Uncategorized

नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा दिउन्ः प्रदेश प्रमुख भट्ट

२०८२ बैशाख ३०, मंगलवार १९:११
“विपद् होइन, उत्थानशीलतामा लगानि गरौँ” भन्ने सन्देशसहित मनाइयो अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस
Uncategorized

“विपद् होइन, उत्थानशीलतामा लगानि गरौँ” भन्ने सन्देशसहित मनाइयो अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस

२०८२ बैशाख ३०, मंगलवार १९:११

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ बैशाख ३०, मंगलवार १९:११
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ बैशाख ३०, मंगलवार १९:११
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ बैशाख ३०, मंगलवार १९:११
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ बैशाख ३०, मंगलवार १९:११
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ बैशाख ३०, मंगलवार १९:११
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ बैशाख ३०, मंगलवार १९:११

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व