Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मौसम खराबीले सगरमाथा लगायतका हिमाल आरोहण प्रभावित, आरोहण अनुमति लिएका सयौं आरोही पर्खाइमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २९, २०८२
मौसम खराबीले सगरमाथा लगायतका हिमाल आरोहण प्रभावित, आरोहण अनुमति लिएका सयौं आरोही पर्खाइमा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — वसन्त ऋतुको हिमाल आरोहण सिजन चलिरहे पनि सगरमाथालगायत प्रमुख हिमालहरूमा प्रतिकूल मौसमका कारण आरोहण कार्य प्रभावित भएको छ। पर्यटन विभागका अनुसार तीव्र गतिको हावा र मौसमको खराबीका कारण विशेषगरी सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालमा निर्धारित तालिका अनुसार आरोहण हुन सकेको छैन।

विभागका निर्देशक हिमाल गौतमका अनुसार सगरमाथा क्षेत्रमा तीव्र गतिको हावा चलेका कारण मे १५ तारिखको आरोहण योजना रद्द गरिएको छ भने मे १४ को योजना पनि प्रभावित हुने निश्चित देखिएको छ।

सगरमाथाको आधार शिविरमा रहेका विभागका प्रतिनिधि पासाङ भोटेले हाल दोस्रो र तेस्रो शिविरमा रहेका आरोहीहरू सुरक्षितरूपमा मौसमको अनुकूलताको प्रतिक्षामा रहेको जानकारी दिए। चौथो शिविरमा रहेका आरोहीहरू आधार शिविर फर्किन थालेका छन्।

मौसमविद् अनुमान अनुसार अबको ३–४ दिन सगरमाथा आरोहण सम्भव नहुने देखिएको छ भने मे १८ तारिखपछि मौसमले साथ दिए मात्र पुनः आरोहण सुरु हुने सम्भावना रहेको छ।

यसअघि मे १० र ११ मा केही आरोहीले सफल आरोहण गरेका थिए।

मे १० मा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा चढे।

मे ११ मा बेलायती नागरिक मिचेल लियोनार्ड डाक्रे, इक्वेडरका पेट्रिसियो एरेभालो, नेपाली शेर्पाहरू ग्याल्जे, फुरी र आङ पेम्बाले सगरमाथा आरोहण गरेका थिए।

यही दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमाल पनि आरोहण गरेका थिए।

विभागका अनुसार हालसम्म चार समूहले मात्र सगरमाथाको चुचुरोसम्म डोरी (रोप) टाँगेका छन्। यामको सुरुआत वैशाख २६ गतेबाट भएको थियो।

यस वसन्त सिजनमा सगरमाथासहित २६ वटा हिमालका लागि कुल १,१२७ जनाले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणकै लागि मात्र ४५ समूहका ४५६ जना (८४ महिला, ३७२ पुरुष) आरोहीले अनुमति लिएका छन्।

मकालु हिमालतर्फ भने ५ नेपाली, ३ चिनियाँ र १ किर्गिस्तानी आरोहीले सफल आरोहण गरेका छन्।

मौसममा आएको अचानक परिवर्तनले उच्च जोखिम मोलेर गरिने हिमाल आरोहणमा थप सावधानी आवश्यक भएको विभागले जनाएको छ। मौसम अनुकूल भएसँगै आगामी दिनहरूमा आरोहण पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व