Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल प्रहरीसँग धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण र अन्तरक्रिया

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २८, २०८२
नेपाल प्रहरीसँग धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण र अन्तरक्रिया
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

बिकास सिंह महता, धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाल प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार धनगढीको आस्था होटेलमा नील हिरा समाज, धुम्बराही, काठमाडौँको आयोजना र सुदूरपश्चिम समाज, कैलालीको समन्वयमा यो कार्यक्रम भएको हो।

अधिकारकर्मी भूमिका श्रेष्ठले “हामी सबै भिन्न, हामी सबै समान” भन्ने नारासहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको बारेमा प्रस्तुति दिँदै जानकारी गराउनुभयो। अधिकारकर्मी सिम्रन शेरचनले आफ्ना जीवनमा भोगेका समस्या, चुनौती र अवसरबारे चर्चा गर्दै अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचानमा सहजता अनुभव गर्न सक्ने बताउनुभयो।

सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकार, हिंसाका घटना, समान प्रतिनिधित्व, मतदाता अधिकार, वैवाहिक समानता र शिक्षासम्बन्धी मुद्दाहरूमा प्रस्तुति दिनुभयो।

कैलालीका प्रहरी प्रमुख एसपी बल नरसिंह राणाले प्रहरीको व्यवहार सबैप्रति सकारात्मक रहेको र सामाजिक सुरक्षा कायम गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग समन्वय निरन्तर रहने बताउनुभयो। प्रहरी निरीक्षक दर्शन खड्काले समुदायलाई सचेतना र परामर्श बढाउन आग्रह गर्दै सुरक्षा व्यवस्थापनमा सबैको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो।

पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा हिंसा बढ्दो क्रममा रहेको भन्दै यसप्रति संवेदनशील हुनुपर्नेमा जोड दिइयो। कार्यक्रममा नील हिरा समाजकी उपाध्यक्ष सिम्रन शेरचन, प्रतिनिधि भूमिका श्रेष्ठ, सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरी, एसपी बल नरसिंह राणालगायत प्रहरीको उपस्थिति थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व