कञ्चनपुर – प्रेस सेन्टर नेपाल कञ्चनपुरले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्रीय कार्यक्रमअनुरूप बुझाइएको ज्ञापनपत्रमा पत्रकार सुरेश रजकको राजावादी आन्दोलनमा भएको हत्याको निष्पक्ष छानबिन, दोषीलाई कारबाही, मृतकको परिवारलाई राहत र क्षतिपूर्ति, पत्रकारको हकहित र सुरक्षालगायतका माग राखिएको छ।
ज्ञापनपत्रमा संविधान कार्यान्वयनका लागि पत्रकारमैत्री सञ्चार नीति निर्माण, श्रमजीवी पत्रकार ऐन २०५२ को प्रभावकारी कार्यान्वयन, आमसञ्चार प्रतिष्ठान गठन, लोककल्याणकारी विज्ञापनको कार्यान्वयन, पत्रकार दुर्घटना बीमा र सञ्चार ऐनको माग गरिएको छ।
कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्षद्वय धर्मराज कठायत र भास्कर केसी, सचिव हेमा भट्टसहित जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो। ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मन्त्रालयमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post