Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मझगाउँ विमानस्थल पुनर्निर्माणलाई तीव्रता दिन मन्त्री पाण्डेलाई ध्यानाकर्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २६, २०८२
मझगाउँ विमानस्थल पुनर्निर्माणलाई तीव्रता दिन मन्त्री पाण्डेलाई ध्यानाकर्षण
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिले महेन्द्रनगर विमानस्थल निर्माण कार्यलाई तीव्रता दिन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ। शुक्रवार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले मन्त्री पाण्डेलाई उक्त पत्र हस्तान्तरण गरेका हुन्।

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, वि.सं. २०२३-२४ मा निर्मित र २०५६ सम्म सञ्चालित महेन्द्रनगर विमानस्थलको पुनर्निर्माण तथा विस्तारका लागि वि.सं. २०७७ फागुन ३ गते तीन तहका सरकार (भीमदत्त नगरपालिका १५%, दोधाराचाँदनी नगरपालिका १०%, सुदूरपश्चिम प्रदेश सरकार २५%, र सङ्घीय सरकार ५०%) बीच सहलगानी सम्झौता भएको थियो। ठेक्का प्रक्रिया पूरा भएर निर्माण कार्य सुरु भए पनि बजेट अभाव र आवश्यक निर्णयहरूको कमीले निर्माण कार्य प्रभावित भएको छ।

विशेषगरी, विमानस्थलको दक्षिणतर्फको ६६५ मिटर क्षेत्र (रत्न वाटिका र नेपाली सेनाले खेलमैदानका रूपमा प्रयोग गरेको क्षेत्र), जुन वि.सं. २०५१ को राजपत्रमा विमानस्थल क्षेत्रका रूपमा घोषित छ, सो क्षेत्रको व्यवस्थापन र बजेट अभावका कारण निर्माण कार्य अलपत्र परेको समितिको भनाइ छ।

विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले मन्त्री पाण्डेको कार्यकालमा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन पहल गर्न आग्रह गरेको बताए। उनले भने, “हामीले विमानस्थलका समग्र समस्याहरूबारे जानकारी गराएर ध्यानाकर्षण पत्र बुझाएका छौँ। आशा छ, मन्त्रीज्यूले कञ्चनपुर बासीको आवाज सुनिदिनुहुनेछ।”

मन्त्री पाण्डेले पत्र बुझ्दै विमानस्थल निर्माणलाई प्राथमिकतामा राखी आवश्यक निर्णय र बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले आगामी आर्थिक वर्षमा टर्मिनल भवनका लागि बजेट छुट्ट्याएर ठेक्का प्रक्रिया अगाडि बढाउने समेत बताए।

महेन्द्रनगर विमानस्थलको निर्माणले कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशको पर्यटन, व्यापार र यातायातमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व