कञ्चनपुर । कञ्चनपुरमा अनलाइन टेलिभिजनमा संलग्न पत्रकारहरूको संस्था अनलाइन टिभी पत्रकार संघ गठन गरिएको छ। संघ गठनका क्रममा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्टलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ।
मंगलवार सम्पन्न भेलामा संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपस्थितिमा संघ गठन गरिएको हो। उक्त भेलाले सह–संयोजकमा कारोबार दैनिककी संवाददाता ईशु नेगीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा न्युज सेभेन टिभीका संवाददाता सन्तोष धानुक र फारवेस्ट पोष्टकी सञ्चालक कल्पना सावदलाई मनोनयन गरिएको छ।

संयोजक भट्टका अनुसार, गठन गरिएको संघले अब विस्तारित जिल्ला समिति निर्माण गर्दै अन्य पत्रकारहरूलाई समेटेर अघि बढ्ने योजना बनाएको छ।
प्रदेश संयोजक धामीका अनुसार बैशाख भित्रै प्रदेश अधिवेशन सम्पन्न गरिने भएकाले जिल्लास्तरका समितिहरू गठनको प्रक्रिया तिव्र रूपमा अघि बढाइएको हो। उनले अनलाइन टिभी पत्रकारितामा आबद्ध सबै संचारकर्मीलाई संघमा सक्रियता हुन पनि आग्रह गरेका थिए।

Discussion about this post