Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली वीरताको प्रतीक ‘नालापानी किल्ला’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख २३, मंगलवार १२:४८
नेपाली वीरताको प्रतीक ‘नालापानी किल्ला’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मोहन विष्ट, देहरादुन 


झन्डै अढाई सय अर्थात् २ सय ६५  वर्ष अघि ‘नेपाल’को भूगोल पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म थियो । त्यो भूमि ग्रेटर नेपालबाट अहिले पनि परिचित छ । सन १८१६ मा तत्तकालिन भारतका अङ्ग्रेज शासक र नेपालबिच सुगौली सन्धि भएपछि पश्चिम महाकाली र मेची पूर्वको भू–भाग गुमाउनुपर्यो । 

नेपालको सीमानाको ऐतिहासिक पृष्ठभूमि अनुसार  १८०६ मा नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म फैलिएको र  १८०९ मा पश्चिमी सीमा घटेर सतलजमा आइपुग्यो । सन् १८१४–०१६ सम्मको अङ्ग्रेज र नेपाली गोर्खाली सीमा युद्धको परिणामले मेची र महाकाली खुम्चियो । 

४ मार्च १८१६ मा तत्तकालिन अङ्ग्रेज शासक र नेपालबिच भएको सुगौली सन्धिमा हस्ताक्षर भएपछि उति बेलाको विशाल नेपालको एक तिहाइ भाग गुमाउनुर्योे । उति बेला गुमाएको भूमि फेरी १८६०मा भएको सन्धिबाट नयाँ मुलुकका रूपमा बाँकेदेखि कञ्चनपुरको भूमि फिर्ता ग¥यो । भारतमा अङ्ग्रेज शासनप्रति आक्रोसित बढिरहेका बेला  १८५० सतर शुरु भएको सिपाही बिद्र्रोहका नामबाट स्वतन्त्रता संग्राम सुरु भयो । 

यो विद्रोह दमन गर्न इस्ट इन्डिया कम्पनी सरकारले नेपाललाई अनुरोध गरे अनुरुप नेपालले २ जुलाई १८५७ मा ६ रेजिमेन्ट गोर्खाली फौज अंग्रेजको सहायतार्थ भारततर्फ पठायो । जङ्गबहादुर राणाकै नेतृत्वमा तीन पल्टन सेना लिएर १० डिसेम्बर १८५७ मा लखनऊतर्फ प्रस्थान गरे । तिनले गोखपुरदेखि लखनऊसम्मका विभिन्न स्थान नियन्त्रणमा लिई विद्रोही जत्थालाई १० मार्च १८५८ सम्ममा पूर्णरूपले लखनऊबाट हटाई अंग्रेजी प्रभुत्व कायम गराईदिए बाफत चार जिल्ला फिर्ता दिएको पाईन्छ । नेपालले गुमाएको पश्चिम भूभाग मध्येको नालापानी खलङगा किल्ला पनि एक थियो । 

अन्य भूभाग मानिसको मानसिक पलटमा नभएपनि नालापानी खलङ्गा किल्ला अहिले पनि जिवितै छ, किनकी कालापानीमा तत्तकालिन ब्रिटिस शासनको समाज्य बिरुद्ध चार पटक नेपाली सेना लडेका थिए । सन १८१४ मा अन्तिम पटक आधुनिक हातहतियार सहित ब्रिटिसी सेनाले नेपालका गोर्खाली सेनाले पिउने खानेपानीको मुहान बन्द गरेपछि मात्रै जितेको थियो । नेपालको पश्चिम अन्तिम पोष्ट नालापानीको युद्धमा  अग्रेजका तर्फबाट मेजर जनरल रोबर्ट रोलो जिलेस्पी र नेपालका तर्फबाट सन १८१४ मै नालापानीको कमाण्डरको जिम्मेबारी पाएका बीर बलभन्द्र कुँवरले नेतृत्व गरेको उक्त लडाईमा अग्रेका सेनापती जिलेस्पी सहित ८ सय अङ्ग्रेज सेनाले ज्यान गुमाएका थिए, भने नेपालका तर्फबाट महिला, बालिका सेना सहित गरेर ९७ जनाले ज्यान गुमाएका थिए । 

२९ नोभेम्बर १८१४मै अग्रेजी सेनाले चारैतिरबाट नालापानीको गोर्खाली सेनामाथि हमाल गरे खानेपानीको मुहान नै बन्द गरेपछि पानी नपाएर गोर्खाली सेना नेपाली नागरिक हाताहती भएका थिए । नालापानीको युद्ध हारेपछि बलभद्र कुँवरले ७० नेपाली सेना लिएर किल्लाबाट बारिरिदै पछि पञ्जाबका राजा सिंहको तर्फबाट अङ्ग्रेजसँग लड्दालड्दै १८२४ मा अफगानिस्तानमा कुँवर मारिएका थिए । 

अन्तिम पटक अग्रेजका अत्याधुनिक हातहतियार भएका ३५ सय सैनिकसंग घरेलु हातहतियार भएका गोरखाली ५सय सेना, महिला, बालबालिका लडेका थिए । 

 युद्धपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार (भारतीय अँग्रेज सरकार) ले नालापानी किल्लामा मारिएका आफ्ना सेनापति जनरल जिलेस्पी र नेपाली कमान्डर वीर योद्धा कुँवरको सम्मानमा दुई वटा स्तम्भ (स्मारक) बनाएको थियो । स्तम्भमा राखिएको शिलामा अङ्ग्रेज सरकारले नेपाली सेनालाई ‘वीरसत्रु’ भनेर सम्मान गरेको शिलालेख आज पनि भारतको देहरादुनमा बनाइएको स्तम्भ हेर्न सकिन्छ । नालापानीमा लडाइँ सकिएपछि अङ्ग्रेजहरूले नेपाली सेना र कुँवरको प्रशंसा गरेर लेखेका थिए । स्तम्भ रहेको स्थानलाई भारत सरकारको पुरात्व विभाग र बलभद्र खलङगा विकास समितिले संरक्षण गरेको पाईन्छ । मुल गेट सहित दुई नेपाली खुकुरीवाला स्तम्भ बनाएको छ ।  पश्चिम गड्डाचौकी कञ्चनपुरदेखि झन्डै ३ सय ४६ किलोमिटर दुरीमा रहेको देहरादुन बजारदेखि झन्डै १५ किलोमिरट उत्तर जंगलको टापुमा रहेको नालापानी किल्ला पछिल्ला बर्षहरुमा नेपालीहरुको अवलोकनको केन्द्र बनेको छ ।

 भारतीय सहित त्यही देहरादुनमै  रहेका नेपालीमुली र नेपालका विभिन्न जिल्लाबाट समेत किल्ला अवलोकनका लागि त्यहाँ जाने गरेको पाईन्छ । 
नेपालको राजधानी काठमाण्डौँबाट पििहलो पटक कालापानी पुगेका रामेश्वर पन्तले नेपालीको ईतिहास राख्नुपर्ने बताए । ‘मैले नालापानीको युद्ध सबै किताबमा पढेको थिए, देखेको थिए, ‘उनले भने, ‘आज प्रत्यक्ष किल्ला हेर्ने अवसर मिल्यो, नेपालीको वीरताको ईतिहास राख्नुपर्छ ।’ मातृभूमि रक्षार्थ दुस्मन बिरुद्धमा कसरी नेपाली मौलिकतामा लडेको हरेक नेपालीले ईतिहास जान्नुपर्ने बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरका स्थानीय समेत रहेका सुदूरका युवा उद्यमी तेज बहादुर चन्दले नेपाली बीर पुर्खाहरुले गरेको योगदान उच्च भएकाले ईतिहास रहेको र त्यसलाई नेपालले समेत आत्मसाथ गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले नेपाली बीर गोर्खालीको ईतिहास कायमै राख्नुपर्ने बताए । 

नेकपा एमाले पोल्टिब्यूरो सदस्य समेत रहेका रावलले अग्रेजले पनि नेपालीको युद्ध कलालाई सम्मान गरेको बताउँदै उनले ईतिहासलाई नेपाली मात्रै नभई विश्वभरीका पाठ्यक्रममा राख्नुपर्ने सुझाव दिएका छन । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले आफुले अध्ययन गर्दै गर्दा नालापानीको ईतिहास पढेको र अहिले प्रत्यक्ष अवलोकन गर्न पाईएपछि खुसी व्यक्त गरे । उनले नेपालीको वीरताको ईतिहास कायम राख्नुपर्ने बताए । संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले उति बेला अङ्ग्रेज शासकहरुले नेपाली गोर्खालीहरुको बहादुरी अदम्य शाहसको कदर गर्दैै आएको बताउँदै त्यही बीरताले विश्वभर नेपाल र नेपालीको स्वाभिमान कायम रहेको बताए । ईतिहासलाई जिवन्त राख्दै पुस्तौपुस्तासम्मका नेपालीलाई नालापानीको युद्ध बारे जानकारी राख्नुपर्ने बताए ।  

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ बैशाख २३, मंगलवार १२:४८
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ बैशाख २३, मंगलवार १२:४८
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल
देश/राष्ट्रिय

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ बैशाख २३, मंगलवार १२:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ बैशाख २३, मंगलवार १२:४८
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ बैशाख २३, मंगलवार १२:४८
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ बैशाख २३, मंगलवार १२:४८
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ बैशाख २३, मंगलवार १२:४८
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ बैशाख २३, मंगलवार १२:४८
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८२ बैशाख २३, मंगलवार १२:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व