कञ्चनपुर – नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ रचना “सुनौलो संसार” गीत सार्वजनिक भएको छ। गीत भिडियो सहित सम्झना म्युजिक फिल्मसको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
गीतमा चर्चित गायिका रेखा जोशी र सेरे औजीको मिठो स्वर सुन्न सकिन्छ। गीतको शब्द रचना सुदर्शन थापा र रमेश धामी (मायालु) ले गरेका छन् ।
सङ्गीत संयोजन कृष्ण बजुरेलीले गरेका छन् भने रेकर्डिङ स्टुडियो एरामा सम्पन्न भएको छ। गीतको म्युजिक भिडियोमा भोजराज जोशी (क्वालिटी) र अनु खड्काले अभिनय गरेका छन्, जसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
“सुनौलो संसार” ले आफ्नो भावपूर्ण शब्द, सङ्गीत र अभिनयको संयोजनबाट श्रोता तथा दर्शकहरूलाई आकर्षित गर्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
भिडियो









Discussion about this post