Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लघुचलचित्र ‘दृश्य’ निर्माण, पोष्टर सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २०, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाईएको छ । एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाईएको छ । दृश्यको पोष्टर रसिकराजले तयार पारेका हुन् ।

ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको ‘दृश्य’को निर्माता नितु घिमिरे रहेकी छिन् । आश्री इन्भेष्टमेन्टको सहयोगमा तयार भएको लघुचलचित्रका निर्माण प्रमुख रामेश्वर भट्टराई हुन् । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालक समेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माण गरिएका बताउँछन् ।

‘दृश्य’मा नारायणराज चौंलागाइँ, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्र प्रसाद पोखरेल, उद्धब दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वराङ्कन गरेका छन् । मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रको कला निर्देशन सुमित राईले गरेका छन् । सन्तोष श्रेष्ठको संगीत रहेको ‘दृश्य’को बाँसुरी वादकका रुपमा नगेन्द्र राई रहेका छन् ।  सहायक निर्देशन करण साउदले गरेका छन् । अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ ।

‘दृश्य’को पात्र र चरित्रकै लागि ६ महिनादेखि तयारी गरेर आफुले सकेसम्म मेहनत गरेको कलाकार नारायणराज चौलागाई बताउँछन् । उनले यसै लघुचलचित्रमार्फत् मुख्य पात्रका रुपमा डेब्यु गरेका हुन् । नारायण काइँलोका रुपमा परिचित उनी गजलकार तथा गीतकारसमेत हुन् । नारायण जिसीको सिनेमाटोग्राफी रहेको ‘दृश्य’को कास्टिङ डिरेक्सन तथा निर्माण व्यवस्थापन सुरेन्द्र क्षेत्रीले गरेका हुन् । सबैको अथक प्रयास र मेहनतले लघुचलचित्र राम्रो बनाउने प्रयास गरेको क्षेत्री बताउँछन् ।

‘दृश्य’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा लघुचलचित्रमा देखाउन खोजिएको अभिलाषी बताउँछन् । ‘मानिस जन्मेपछि मर्नुपर्छ, यो प्रकृतिको नियम नै हो । भौतिक दुनियाँमा बाँच्नको लागि मानिसहरुले जीवनमा अनेक संघर्ष गरिरहेका हुन्छन् । हामी बाहिरी आँखाले देखेको भौतिक दुनियाँमा रुमल्लिरहेका छौं र लोभ, मोह, माया, ईष्र्या, डाह, घृणा, रिस, आह्रिस आदिमा अल्झिरहेका हुन्छौं । केहि समय आँखा बन्द गरेर सोच्ने हो भने पनि मन र मष्तिष्कले मानिसलाई अझ सुन्दर जीवन जिउन सिकाइरहेको हुन्छ ।’ यसैको परिवेशमा लघुचलचित्रको कथावस्तु रहेको निर्देशक अभिलाषी बताउँछन् । ‘दृश्य’लाई विभिन्न ओटिटी प्लेटफर्ममार्फत् रिलिज गर्नुअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी गराइने उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्ड पनि प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व