Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिल्लीमा खुम्चियो आप, फैलियो भाजपा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २७, २०८१
दिल्लीमा खुम्चियो आप, फैलियो भाजपा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । योसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ ।

सत्तारूढ आम आदमी पार्टी (आप) ले २२ सिटमा खुम्चिएको छ । चुनावमा आप प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवाल भाजपाका प्रवेश बर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन् ।

दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भएका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन ।

आप प्रमुख केजरीवालले चुनावी हार स्वीकार गर्दै भाजपालाई बधाई दिएका छन् । ’जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताका साथ स्वीकार गर्छौं,’ सामाजिक सञ्जालमा प्रेषित भिडियो सन्देशमा केजरीवालले भनेका छन् ।

सन् २०२० को दिल्ली विधानसभा चुनावमा आप ६२ सिटमा विजयी भएको थियो । भाजपाले ८ सिट जितेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै
फ्ल्यास हेडिङ

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

अशोज ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व