सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो, चाँदीको भाउ कति ?

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८५ रुपैयाँ रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds