Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त नगरपालिका आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी मावि प्रथम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १६, २०८१
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — भीमदत्त नगरपालिकामा आयोजित आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ। भीमदत्त नगरपालिका १९ वडा कार्यालयको आर्थिक सहयोग तथा सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाको आयोजनामा सम्पन्न प्रतियोगितामा बागफाँटाकै लक्ष्मी माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा भीमदत्त नगरपालिका १३ पिपरैयाको बैजनाथ विद्या निकेतन आधारभूत विद्यालय द्वितीय तथा भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिबेणी आधारभूत विद्यालय तृतीय स्थानमा रहेका छन्। साथै, सान्त्वना पुरस्कार भीमदत्त नगरपालिका १४ बनकट्टीको बैजनाथ आधारभूत विद्यालयलाई प्रदान गरिएको छ।

विजयी विद्यालयहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रथम हुने टिमलाई नगद ५ हजार रुपैयाँ, द्वितीयलाई ४ हजार, तृतीयलाई ३ हजार तथा सान्त्वना टिमलाई १ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रममा पञ्चकृत माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक धर्मानन्द जोशीले विद्यार्थीहरूको चौतर्फी विकासका लागि जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सामुदायिक विद्यालयको शैक्षिक, भौतिक र गुणस्तरीय वृद्धिका लागि समन्वय आवश्यक रहेको उल्लेख गरे।

प्रतियोगिताको प्रश्नपत्र निर्माण गरेका भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधि दिपेन्द्र विष्टले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दा विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि हुने बताए। प्रतियोगिताको सहजीकरण भीमदत्त नगरपालिका १४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले गरेका थिए।

सिद्धनाथ आधारभूत विद्यालयकी शिक्षिका आसो यादवले स्वागत मन्तव्य राखेकी थिइन् भने आयोजक विद्यालयका प्रधानाध्यापक मोहन देव जोशीले विद्यालयलाई विश्वास गरी कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्‍याएकोमा वडा कार्यालयलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जगुराम चौधरी (थारु) ले विद्यार्थीको बौद्धिक विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। उनले आगामी वर्षका लागि बजेट थप गरिने र कार्यक्रमलाई अझ प्रभावकारी बनाइने आश्वासन दिए। द्वितीय स्थान हासिल गरेका बैजनाथ विद्या निकेतनका प्रधानाध्यापक भानदेव भट्टले वडा कार्यालयद्वारा आयोजित कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै आगामी प्रतियोगिता नगरस्तरमा आयोजना गर्नुपर्ने सुझाव दिए।

प्रथम स्थान हासिल गरेको लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको प्रतिभा विकासका लागि वडा कार्यालयले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा नगरका अन्य वडाहरू समेत सहभागी हुने गरी कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए।

कार्यक्रम वडा शिक्षा समितिका अध्यक्ष जगत प्रशाद अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक अर्जुन गिरीले गरेका थिए। कार्यक्रममा नगरका विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व