Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डकुड्रामा  ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक, के होला कथा ? 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।

शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ। चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ। पोस्टरसँगै फिल्मका मुख्य टिम सदस्यहरू पनि सार्वजनिक गरिएका छन्।

फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले आफ्नो अफिसियल फेसवुक पेजमार्फत भनेका छन्,– ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट मात्र होइन, न त हलमा दर्शक तान्न अनावश्यक भ्रम छर्ने कुनै योजना। यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

फिल्मको कथा चर्चित निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी शंकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोलको रहेको छ भने पोस्टर टौवा स्टुडियोमा निर्माण भएको हो ।

यस प्रोजेक्टमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकार रहेको जनाइएको छ । फिल्मका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्।

फिल्मको प्राविधिक पक्षमा भरत कंडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन्।

फिल्मको आधिकारिक कथा नखुलाइए पनि निर्देशक ज्ञवालीका अनुसार, ‘मौन’ १ सय  ६८ मिलियनभन्दा बढी व्यक्तिहरूको यथार्थ कथामा आधारित छ। यस डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थाहरूमा विशेष शोमार्फत प्रदर्शन गरिने बताइएको छ। फिल्म चाँडै दर्शकमाझ आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।

निर्माता तथा निर्देशक रामजी ज्ञवाली, एक दशक लामो पत्रकारिता यात्रा पश्चात् फिल्म निर्देशनमा प्रवेश गरेका हुन्। उनको प्रतिक्षित डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ १ बर्षअघि  तयार भई हाल विभिन्न फिल्म फेस्टिवलहरू तथा च्यारिटी शोहरूमा प्रदर्शन भइरहेको छ। त्यस्तै, उनको अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘मौन’लाई पनि अवार्ड, विशेष प्रदर्शन तथा च्यारिटी शोहरूमा सहभागिता गराउने योजना रहेको छ। निर्देशक ज्ञवालीले यसअघि ‘डार्कमुन,’ ‘लापत्ता सन्तान,’ ‘हनिमुन,’ ‘आराध्या,’ ‘लिलामी’ लगायतका चर्चित सर्ट फिल्महरूका साथै केही डकुमेन्ट्री तथा दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व