अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई करबाट बच्न अमेरिकाको एक राज्य बन्न सक्ने प्रस्ताव दोहोर्याउनुभएको छ ।
क्यानाडासँग अमेरिकाको ठूलो व्यापार घाटा रहेकोले यसलाई निरन्तरता दिन नसक्ने भएकाले ट्रम्पले अमेरिकाको ५१औं राज्य बन्न सक्ने प्रस्ताव गर्नुभएको हो । उहाँले क्यानडा अमेरिकको राज्य बन्न सहमत भएमा व्यापार घाटा नहुने र कर पनि नबढाउने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।
दुई खर्ब वा साढे दुई खर्ब डलरको व्यापार घाटा हुनु राम्रो नभएको र अमेरिकालाई तेल, ग्यासलगायतका कुनै पनि सहयोग आवश्यक नपर्ने उहाँको भनाइ छ ।
ट्रम्पले पहिले नै क्यानडा अमेरिकाको ५१औं राज्य बनेमा कर ६० प्रतिशतभन्दा बढीले घटाउन सकिने बताउनुभएको थियो ।
