कञ्चनपुर । कञ्चनपुरका युवा विद्यार्थीले नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरमा सात बुँदे ज्ञापन पत्र बुझाएका छन् । बुधवार विभिन्न राजनैतिक दल निकट युवा विद्यार्थीले विद्युत् कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउँदै युवा विद्यार्थीले विद्युतका केही कर्मचारीहरू कमिसनमा लिप्त भएको र कमिसन खाने चक्करमा कमसल गुणस्तरहिन काम गरेर विद्युतका सेवाग्राही जनतालाई मारमा नपार्न दबाबमूलक चेतावनी दिएका छन् ।
विद्युत् कार्यालयको चरम लार्पबाहीले विद्युतीय खम्बा भन्दा तारहरू भुईछुने अवस्थामा मानवीय क्षति हुँदा समेत विद्युतले ध्यान नदिएको, विद्युतबा आगलागीका घटना भइरहेको, कम क्षमता भएका ट्रान्सफर जडान गरेर सेवाग्राहीलाई गर्मीमा मारमा पारेको, विद्युतको वैज्ञानिक व्यवस्थापन नगरेको, विद्युत् पोलमा अवैध रूपमा जडान गरिएका केबलका तार व्यवस्थापन नगरिएको, तार जडान अनियमित भएको, अहिले पनि विद्युतका तार काठकै पोलमा राखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गर्मी हावाहुरी, बर्सातको समय आउन केही समय बाँकी रहँदा विद्युतका कर्मचारीले समस्या पहिचान नगर्ने अनि सामान्य हावाहुरीले विद्युतका पोल, ट्रान्समिटरमा हुने क्षतिले नागरिकले एकातिर सास्ती खेप्नुपर्ने अर्कातिर राज्यको ठुलो धनराशी खर्च हुने भए पनि त्यस तर्फ विद्युतले ध्यानै दिन नसक्ने आरोप लगाइएको छ ।
वाईसिल कञ्चनपुरका संयोजक तिलक जप्रेल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दल ब. धामी (अबिरल), राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका जिल्ला अध्यक्ष कमलेश सिह, अनेरास्ववियुका जिल्ला संयोजक प्रज्वल कुँवर, युवा संघ नेपालका जिल्ला सचिव सरोज विष्ट, राप्रपा निकट विद्यार्थी अध्यक्ष प्रेम रावल, क्रान्तिकारीका जिल्ला सचिव भुवन भट्ट, क्रान्तिकारी युवा सङ्गठनका जिल्ला सदस्य जनकद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा विद्युतका चरम लार्पबाही बारे गम्भीर भएर समस्या समाधान नगरेर आन्दोलनको चेतावनी दिएका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कञ्चनपुरले युवा विद्यार्थीले उठान गरेका विषय जाजय भएको तर कमिसन र अनियमितता नभएको दाबी गरेको छ ।
यसैबिच संयुक्त युवा विद्यार्थीले एडिबीले मापदण्ड विपरीत महेन्द्रनगरमा कामकाज गरिरहेको भन्दै क्षेत्रीय सहकारी विकास आयोजना कार्यालयमा समेत सूचना माग गरेको छ ।









Discussion about this post