सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वरिष्ठ पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सोमबार भीमदत्त नगरपालिकाको ४७ औँ स्थापना दिवसका अवसरमा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरिएको हो ।

तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिताका गुरुकै रूपमा परिचित छन् । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेका पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको छ । रेडियो महाकाली, दैनिक मानस खण्ड र मानस खण्ड अनलाइनका प्रधान सम्पादक हुन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds