कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका एक जनप्रतिनिधिले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन् । वेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेश राज जोशीले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन् ।
बुधवार एक कार्यक्रमका बिच वडाध्यक्ष जोशीले बिरामी पत्रकार सिनाललाई नगद ५ हजार आर्थिक सहयोग गरेका छन् । सामाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि वडाध्यक्ष जोशीले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।
लामो समयदेखि घुँडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले वडाध्यक्ष जोशीले उपचार खर्च उपलब्ध गराएका हुन् ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता समेत रहेका वडाध्यक्ष जोशीले सामाजिक हकहितका क्षेत्रमा कार्यरत शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावी दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् ।









Discussion about this post