कञ्चनपुर । कञ्चनपुरको सार्क एजुकेसन फाउण्डेशन (विद्यालय)ले उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास बारे संयुक्त छलफल गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउन्डेसन (विद्यालय) ले उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास बारे संयुक्त छलफल गरेको हो ।

सार्क एजुकेसन फाउन्डेसन (विद्यालय) का प्रिन्सिपल अशोकराज खातीले विद्यार्थीलाई सरोकारवाला एवम् विज्ञसँग संयुक्त छलफल गरिएको बताए । प्रिन्सिपल खातीले विद्यार्थीलाई उद्यमशीलता बनाउँदै क्षमता विस्तार, समसामयिक विषयमा छलफल गराएर विज्ञ सहितका सरोकारवालाबिच प्रत्यक्ष संवाद गराएर नवीनतम विषयको खोजी गर्ने बानीको विकास गराउन कार्यक्रम गरिएको बताए ।

विद्यार्थी पाँच समूह बनाए फरक फरक विषयमा सरोकार बालासँग छलफल गर्दै शैक्षिक क्षेत्रको विकासका साथै सिङ्गै क्षेत्रको विकासमा ध्यानाकर्षण गराएको बताए । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका, सुप विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त, सुप प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्द, अनुसन्धान तालिम केन्द्र सुप प्रदेशका कार्यकारी निर्देशक गहेन्द्र बम र सामाजिक अभियन्ता रमेश प्रसाईसंग विद्यार्थीले छलफल गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले विज्ञान र प्रविधिको विकाससँगै विद्यालयले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताए । सार्क एजुकेसन फाउन्डेसन (विद्यालय) का कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले विद्यालयले सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरेर नयाँ विचारदेखिका विषयमा छलफल गराएर अहिलेदेखि विद्यार्थीको क्षमता विस्तारका लागि विद्यालयले नयाँ कार्यक्रम गरेको बताए ।
कार्यकारी निर्देशक बस्नेतले विद्यार्थीलाई अहिलेदेखि नै भविष्यमा गर्न सक्ने उद्यमशीलताको विकास गराएर दक्ष जनशक्ति बनाउने उद्देश्य रहेको बताए । शिक्षक कृष्ण निरौलाले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।
विद्यार्थी एवम् अभिभावकले समेत विद्यालयले नयाँ अभ्यास गरेर विद्यार्थीको पढाईकन अतिरिक्त उद्यमशील बनाउने विषयमा क्षमता विकास गरेको भन्दै आभार प्रकट गरेका छन् ।









Discussion about this post