कञ्चनपुर । जिल्लाको पश्चिम सीमा क्षेत्र कञ्चनपुरको गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी बलले तस्कर विरुद्धमा निर्मम एक्सनमा उत्रिएको छ । सशस्त्र प्रहरीको गड्डाचौकी गुल्मले चोरी तस्करी, भन्सार छलीका गतिविधि विरुद्धमा निर्मम एक्सनमा उत्रिएको हो ।
सशस्त्र प्रहरी बल गड्डाचौकी गुल्ममा इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकराज शर्माले ६ महिनाको अवधिमा विभिन्न क्षेत्रबाट भन्सार चोरी छली गरेका समान बरामद गर्दै भन्सार बुझाएको बताए । गड्डाचौकी भन्सार भए पनि तस्कर समूहले सेटिङ्ग वा लुकिछिपी तस्करी गरिरहेका समान अन द स्पोटबाट बरामद गरेर सशस्त्र प्रहरीले भन्सार बुझाएको छ ।
सशस्त्र प्रहरीका डिएसपी शर्माका अनुसार विभिन्न प्रकृतिका व्यवसायिक समानदेखि स्रोत नखुलेको नगदै रकम समेत बरामद गर्दै भन्सार, राजस्व विभाग कोहलपुरमा बुझाएको बताए । केही दिन अघि मात्रै महेन्द्रनगरका मोबाइल व्यवसायी समेत रहेका नवराज जोशीले भारतबाट ल्याएका ५ लाख भारु रुपैयाँ सहित पक्राउ गरेको बताए । ‘स्रोत नखुलेको भारतीय करेन्सीका रुपैयाँ सहित जोशीलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग कोहलपुर पठाएका छौँ, ‘उनले भने, ‘हामीले सीमा क्षेत्रमा स्रोत नखुलेको नगद रुपैयाँदेखिका सबै अवैध समान बरामद गर्दै भन्सार चलान गरेका छौँ ।’ आइतबार मात्रै नेपाल भारतमैत्री बसबाट झन्डै ६लाख ३६ हजार बराबरका अवैध हर्ष बेल (घण्टी) बरामद गरेर भन्सार बुझाएको बताए ।
पश्चिम नाका गड्डाचौकीमा भन्सार कार्यालय हुँदाहुँदै व्यवसायी एव तस्कर समूहले भन्सार चोरी छलेर कपडा, हार्डवेयर, इलेकट्रोनिक, भाँडाकुँडा सहितका व्यवसायिक समान तस्करी गर्दै आएपछि सशस्त्र प्रहरीले बरामद गर्दै भन्सार बुझाएको उनले बताए । ‘हामीले भन्सार राजस्व छली सम्बन्धीका कुनै पनि अबाञ्चित गतिविधि हुन दिएका छैनौँ, ‘उनले भने, ‘जहाँ जुन व्यक्ति समूहले तस्करी गरेर त्यही रोकेर कानुनी दायरमा ल्याएका छौँ ।’ सशस्त्र प्रहरीले गड्डाचौकी नाका क्षेत्रमा मात्रै नभई कञ्चनपुरका अन्य खुला नाका ब्रम्हेदब, जिमुवा, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास क्षेत्रमा विभिन्न नाकाहरूबाट गैर कानुनी चोरी तस्करी नियन्त्रण गर्दै गएपछि तस्कर समूहको भागाभाग भएको छ ।
रातारात लाखौँ रकम कमाउने योजना बनाएका तस्कर समूहले सशस्त्र प्रहरीको एक्सनबाट रुवाबासी चलेको स्थानीय बताउँछन् । विगतमा सशस्त्र प्रहरीका अधिकारीहरूले तस्कर समूहबाट कमिसन लिने, अनुचित लाभ लिने तर अहिले कञ्चनपुरमा गत फागुनदेखि जिल्ला कमान्डर सशस्त्र प्रहरीका एसपी खगेन्द्र बहादुर चन्द आएपछि तस्कर समूह तह लागेको स्थानीयको भनाई छ । सशस्त्र प्रहरीका एसपी चन्दले गत ०८० फागुनदेखि जिल्लाको कमान सम्हालेपछि तस्कर समूह ब्रेक डाउन गरेको सीमावर्ती क्षेत्रका स्थानीयले अनुभूति गर्न लागेका छन् ।
विगतका सशस्त्र प्रहरी कमान्डर एव कर्मचारी राजनैतिक, प्रशासनिक दबाब, प्रभाव आर्थिक लाभ लक्षित कामकाज गर्दा तस्कर समूह मौलाएको अहिले तस्कर समूहमाथि कानुनी डन्डा बजाउन थालेपछि तस्कर समूहको रुवाबासी चलेको दाबी गरिएको छ ।
तस्कर समूहले समेत विगतमा सशस्त्र प्रहरीका सीमादेखि जिल्ला, प्रदेशका अधिकारीलाई महिनावारी दिएरै भए पनि तस्करी गर्न सहज भए पनि अहिले त्यो अनुभूति नभएको भन्दै पेसा परिवर्तनको सङ्घार मै पुगेको कतिपय व्यवसायीको भनाइछ । स्थानीयले समेत सशस्त्र प्रहरीले राजस्व चोरी छली सीमावर्ती क्षेत्रमा हुने चोरीतस्करीजन्य गतिविधि यसरी नै निरन्तर कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । तस्करीले कञ्चनपुर भट्कालोमा पुगेका बेला सशस्त्र प्रहरीको एक्सनले सुधारोन्मुख भइरहेको छ ।









Discussion about this post