कञ्चनपुर । महेन्द्रनगर जेसिजको अध्यक्षमा राजेन्द्र प्रसाद अवस्थी चयन भएका छन् । शनिवार देखी सुरु भएको महेन्द्रनगर जेसिजको ३८औँ शाखा अधिवेशनबाट अध्यक्षमा अवस्थी चयन भएका हुन् ।
जेसी अवस्थी निर्विरोध निर्वाचित भएको जेसिज महेन्द्रनगरले जनाएको छ । कार्यकारी उपाध्यक्ष दीपक कार्की (दिपिन), पवन जोशी , उपाध्यक्ष मनोज भट्ट पुष्कर दत्त भट्ट, गोविन्द भट्ट, नवराज जोशी चयन भएका छन् । महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष सहितका अन्य पदाधिकारी सदस्य पछि चयन गरिनेछन् ।
०२५ का लागि महेन्द्रनगर जेसिजको अध्यक्ष भएका जेसी राजेन्द्र प्रसाद अवस्थीले युवा प्रतिभादेखि युवाहरूलाई स्वदेशमै आत्मनिर्भरका कार्यक्रममा जोड्ने बताएका छन् । वर्ष ०२४का अध्यक्ष जानकी रोकायाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व अध्यक्ष जेसी धर्मानन्द भट्ट प्रमुख अतिथि रहेका थिए ।
पूर्व जेसिज महेन्द्रनगरका अध्यक्ष जेसी हरिस भट्ट निर्वाचन आयुक्त थिए । जेसिजमा हरेक एक वर्षमा नेतृत्व परिवर्तन हुँदै आएको छ ।









Discussion about this post