कञ्चनपुर । महाकाली बहुप्राविधिक शिक्षालयले शैक्षिक सत्र २०८१/०८२ मा भर्ना भएका विद्यार्थीको स्वागत एवम् पुषे १५ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
भीमदत्त नगरपालिकाका उप प्रमुख तथा शिक्षालय सञ्चालक उपाध्यक्ष निलम लेखक जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको शिक्षालयले जनाएको छ।
शिक्षालयका निर्देशक परमल सिंह साउँदको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रथम बर्षमा भर्ना भएका १ सय ५० जना विद्यार्थीलाई दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले स्वागत गरेका छन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टेन्ट डा. अर्जुन भट्ट, गेटा अस्पतालका मेडिकल निर्देशक देबराज पनेरु, महाकाली बहुप्राविधिक शिक्षालय समितिका सदस्य कृष्णदत्त जोशी, भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी लगायत सहभागी भएका छन् ।
कार्यक्रममा विद्यार्थीहरूले पुषे १५ विशेष कार्यक्रममा डोटेली भाषाका कलाकार एवं साहित्यकारले आ–आफ्नो प्रस्तुति राखे । शिक्षालयका प्रशिक्षक चुडामणी शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।









Discussion about this post