कञ्चनपुर । कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
भीमदत्त नगरपालिका १ भासी महेन्द्रनगरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले पत्रकार सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सोमबार १८ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सिनाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको एफएमले जनाएको छ ।
शुक्लाफाँटा रेडियो तथा पत्रिकामा कार्यरत पत्रकार सिनाललाई एफएमले नगद ११ हजार १ सय ११ रुपैया सहित प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले पत्रकार सिनाललाई नगद रकम हस्तान्तरणका साथै प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
रेडियोका स्टेसन म्यानेजर जयदेव जोशीले हरेक वार्षिकोत्सव अवसरमा एफएमले जिल्लामा क्रियाशील एक पत्रकारलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको बताए । दशकदेखि पत्रकारितामा सकृय सिनाल समसामयिक विषयमा मुद्दा उठान गर्दै आएका छन् । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका सदस्य रहेका रहेका उनले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताएका छन्।









Discussion about this post