कञ्चनपुर । कञ्चनपुरको तिलाचौरका एक युवाले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका छन । भीमदत्त नगरपालिका ८ तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका दीपक देउवाले भीमदत्त नगरका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका हुन् ।
सोमबार एक कार्यक्रमका बिच भीमदत्त नगरपालिका १८ महेन्द्रनगर माध्यामिक विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको विद्यालयले जनाएको छ । महेन्द्रनगर माध्यामिक विद्यालयका प्रधानाध्यापक बिनोद सिहले तिलाचौरका स्थानीय समेत हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले समाजिक कार्य गरेको बताए । उनका अनुसार १५६ अपाङ्गता भएका विद्यार्थीलाई न्याना लुगा वितरण गरिएका छन् ।
भीनपा ८ तिलाचौरका स्थानीय समेत रहेका स्व. धन बहादुर देउवा (प्रधान) र नर्मलादेवी देउवाका छोरा दीपक देउवाले स्वदेशमा केही समाजिक काम गरेको छन् । भारतको भ्यानेला स्टिल एण्ड एलोईस प्रालि र आरएन स्पाका सञ्चालक देउवाले अपाङ्गता भएका विद्यार्थीले ट्याक सुट, सुट सहितका न्यानो कपडा वितरण गरेका छन् ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका महेन्द्रनगर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी (बोक्सर ) ले विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति (अपाङ्गता) भएका विद्यार्थीलाई जाडोको मौसममा वितरण गरिएको न्यानो लुगाले थप शिक्षणमा टेवा पुग्ने बताए ।
अभिभावकले समेत देउवाको समाजिक कार्यप्रति आभार प्रकट गरेका छन । न्यानो लुगा वितरण कार्यक्रममा देउवाका सहोदर दाजु कृष्ण बहादुर देउवा, छिमेकी बलराम एसके, लोकेन्द्र सिह, समाजसेवी पूर्णानन्द जोशी, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।









Discussion about this post