कञ्चनपुर । हिन्दु धर्मका अगुवाहरूले धर्म रक्षामा जोड दिएका छन् । बिहीबार महेन्द्रनगरमा विश्व हिन्दु परिषद कञ्चनपुरले आयोजना गरेको धर्म रक्षा निधी समर्पण कार्यक्रममा धर्म रक्षामा जोड दिएका हुन ।
कार्यक्रमका सभापति समेत रहेका विश्व हिन्दु परिषद कञ्चनपुरका अध्यक्ष लक्ष्मीराज जोशीले स्वागत मन्तव्य राख्दै धर्म रक्षाका लागि सरोकारवालासँग छलफल गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विश्व हिन्दु परिषद्का अन्तराष्ट्रिय सङ्गठन महामन्त्री मिलिन्द्र पराण्डेले हिन्दु धर्मले मानिस सहितका सबै भगवानप्रति सद्भाव राख्ने भएकाले धर्म रक्षामा जोड दिए ।
उनले नेपालको गरिब अभाव देखेर केही क्रिश्चियनहरूले विभिन्न एनजीओ आईएनजीओ मार्फत कार्यक्रम चलाएर धर्मान्तर गरिरहेको बताए । विश्व हिन्दु परिषद् कञ्चनपुरका सचिव विशाल सोनारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सङ्घ संस्थाका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।









Discussion about this post