Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारले रवि लामिछानेलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : सांसद शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानविय व्यवहार देखाएको आरोप लगाए ।

उनले भने, ‘अहिलेका गृहमन्त्री रमेश लेखक कानूनको ज्ञाता पनि हुनुहुन्छ । हाम्रो गृहमन्त्री नै भएको बेला यो केस न्यायिक निरूपणको विषय हुनुपर्ने हो । न्यायालयले यसबारे बोल्नुपर्ने हो । सकेसम्म पहिलो हप्ता नभए ८÷१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो । तर, नियतवस र मानसिक रूपमा ह्यारेस गराउनका निम्ति रविलाई कहिले कता कहिले कता कुदाइएको छ । देख्दा र हेर्दा लोकलाई पनि लाज लाग्छ भनिन्छ नि त्यस्तै भएको छ । सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले र नियतवस रुपमा यो काम भइरहेको छ । यो घटनाको घोर भर्त्सना गर्दछु । प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र म रवि लामिछानेको केस अदालतमा पेस गरियोस् भन्न चाहन्छु । विधिको शासन सबैले मान्नुपर्छ ।’

उनले रवि माथि सरकारले रवैया देखाएको भन्दै सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्न माग गरे ।

उनले भने,‘ जुन रवैया सरकारले देखाइरहेको छ । सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्नुपर्छ । रास्वपा नेता कार्यकर्ताहरुले गर्नुभएको व्यवहारमा पनि हामीलाई मन परेको छैन् । अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नुहुन्न । बरु सदनमा आफ्नो कुरा राख्ने गर्नुपर्छ ।’

सांसद शर्माले गृहमन्त्री रमेश लेखकले पार्टीको प्रमुख सचेतक हुँदा सदनमा बोलाएर जिवी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाएको भन्दै अहिले आफू गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भनेर प्रश्न समेत गरे ।
उनले भने,‘गृहमन्त्री ज्यूलाई मेरो प्रश्न छ । हिजो पार्टीको सचेक हुँदा हामीलाई सदनमा रोस्टममा बोलाए जिवी राई खोई, किन पक्राउ नगरेको भनेर नारा जुलुस गर्न लगाउनु भयो । तर आज तपाईं आफै गृहमन्त्री हुँदा पक्राउ गर्ने दायित्व हो कि होइन् ? किन पक्राउ नगरेको ?’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व