कञ्चनपुर । नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा कार्यरत मुख्य व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्द सम्मानित भएका छन्।
कैलालीको धनगढीमा नेशनल लाइफ इन्स्युरेन्स कम्पनीले आयोजना गरेको अभिकर्ता भेला एवम् सम्मान कार्यक्रम चन्दलाई सम्मान गरिएको हो।
सुदूरपश्चिम प्रदेशबाट लगातार दोस्रो पटक सञ्जाल व्यवसाय तर्फबाट प्रदेश प्रथम बनेका चन्दलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित भएका चन्दले सम्मानले थप हौसला प्रदान भएको बताएका छन्।