Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २०, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ ।

विहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासी खुमलटारमा बसेको केन्द्रीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’

यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।

भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट,  उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरु लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको उनले बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह
फ्ल्यास हेडिङ

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

कार्तिक २४, २०८३
कोप–३१ आजदेखि शुरु, जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल
फ्ल्यास हेडिङ

कोप–३१ आजदेखि शुरु, जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल

कार्तिक २३, २०८३
गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?
फ्ल्यास हेडिङ

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३
तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

कार्तिक २७, २०८३
चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

कार्तिक २७, २०८३
एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व