इण्डियन प्रिमियर लिग (आईपीएल) मा १३ वर्षका एकजना खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध भएका छन् ।
हिजो भएको अक्सनमा १३ वर्षका वैभव सूर्यवंशीलाई राजस्थान रोयल्सले १ करोड १० लाख भारुमा अनुबन्ध गरेको हो ।
अक्सनमा वैभवको बेस प्राइस अर्थात् न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । वैभवका लागि राजस्थान र दिल्ली क्यापिटल्सले मूल्य बढाबढ गरेका थिए ।
आईपीएलको अक्सन हिजो सकिएको छ । यो पटकको अक्सनमा ऋषव पन्त सबैभन्दा धेरै २७ करोड भारुमा लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् ।