सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले घटायो भन्सार दर, सुन र चाँदीको मूल्य घट्ने

सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए ।

गत बजेटमा भारतले सुनको भन्सार दर घटाएसँगै नेपालमा पनि घटाउन दबाब बढ्दै आएको थियो । भन्सार दर नघटाउँदा नेपालमा सुनचाँदी भारतबाट तस्करी समेत हुँदै आएको पाइएको थियो ।

मन्त्रिपरिषद्बाट प्रमाणित भएर आएको निर्णय भन्सार विभागलाई पठाइएको छ, अब भोलिदेखि आयात हुने सुनमा भन्सार घट्नेछ । भन्सार दर घटेसँगै अब सुन र चाँदीको मूल्य समेत घट्नेछ ।

Mahakali Polytechnic

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds