कञ्चनपुर । छिमेकी राष्ट्र चिनको फुजियानमा नोभेम्बर १४ देखि नोभेम्बर २० सम्म सञ्चालन भएको सेमिनार फर अफिसियल अफ वर्ल्ड फेडेरेसन अफ ट्रेड युनियनमा नेपालबाट विभिन्न व्यक्तिहरू सहभागी भएका छन्।
उक्त सेमिनारमा नेपालबाट निजामती कर्मचारी सङ्गठन बझाङका अध्यक्ष दिनेश बहादुर धामी सहित नेपाल सरकारको मनोनयनमा हरि रावल, विनय बाबु कोइराला, बालाराम खड्का ईश्वर रावल, पुष्पराज ओली सहभागि भएका हुन्।
कार्यक्रम चिनको फुजियान प्रान्तमा सम्पन्न भएको नेपाल निजामती कर्मचारी सङ्गठन सुदूरपश्चिम प्रदेशका महासचिव महादेव जोशीले जानकारी दिएका छन्। कार्यक्रममा चीन लगायत नौ राष्ट्रका कर्मचारीको अवस्था सरकारले दिएको सेवा, सुबिधा-सर्त एवम् अधिकार बारे जानकारी लिइएको उनले बताए। चिनले प्रत्येक वर्ष नेपाली निजामती कर्मचारी एवम् जनप्रतिनिधिहरूलाई सेमिनारमा सहभागी गराउँदै आएको छ।