कञ्चनपुर – आगामी १६ मङ्सिरमा भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्र होमिएको छ ।
माओवादी केन्द्रले दलित समुदायमा अगुवा नानाराम ओलीलाई उम्मेदवार बनाएसँगै चुनावमा होमिएको हो ।
मङ्गलबार ऐठपुरमा सम्पर्क कार्यालय खोलेर माओवादी केन्द्र प्रचारप्रसारमा होमिएको जनाएको छ । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका प्रवक्ता सुरेश भट्टले उम्मेदवारी टुङको लागेसँगै सम्पर्क कार्यालय उद्घाटन गरिएको बताए ।
उनका अनुसार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मान बहादुर सुनारले सम्पर्क कार्यालय उद्घाटन गर्दै पाटीले अघि सारेका उम्मेदवार जातीय मुक्तिदेखि सुशासनका लागि खटिनुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका सुनारले पछिल्ला वर्षहरूमा माओवादीले अघि सारेका एजेण्डा जनतामा स्थापित गराउन नाराराम ओली जिताउन अपिल गरेका छन् ।
हालसम्म माओवादी मात्रै दलित समुदायबाट उम्मेदवार दिएपछि भीनपा ६ मात्रै नभई भीमदत्त नगर जिल्लाकै दलित समुदाय उत्साहित भएका छन् ।