कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ द्वारा आयोजित वेदकोट कप २०८१ मा वेदकोट नगरपालिका १ को आदर्श युवा समाज विजयी भएको छ।
विजयी भएसँगै आदर्श युवा समाजले वृद्धाश्रममा फलफूल वितरण गरेको छ। आदर्श युवा समाजले वेदकोट नगरपालिका -०८ रौटेलामा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरेको हो । आदर्श युवा समाजले सामाजिक कार्यहरूलाई समेत निरन्तरता दिइरहेको आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले बताएका छन्।