कञ्चनपुर – महाकाली अञ्चल आयुर्वेद औषधालयको स्थापना पञ्चायत कालमा राजा महेन्द्रको पालामा बैतडी जिल्लाको गाजरी, च्वाँगढ भन्ने स्थानमा भएको थियो । महाकाली अञ्चलको सदरमुकाम महेन्द्रनगर निर्धारण भएपछि विक्रम सम्वत् २०४३ सालमा औषधालय महेन्द्रनगरमा स्थानान्तरण गरियो। लामो समयसम्म औषधालय भाडामा रह्यो र वि. स. २०५१ सालमा भवन निर्माण भई हाल औषधालय रहेको स्थानामा सरेको थियो । संघीयता पश्चात यस कार्यालयको नाम महाकाली आयुर्वेद औषधालय रहन गयो र यो सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत कञ्चनपुर जिल्लाभित्र आयुर्वेद सेवा प्रदायक तथा नियमनकारी निकायको रूपमा कार्य गरिरहेको छ ।
महाकाली आयुर्वेद औषधालय, कञ्चनपुरमा सेवाहरू प्रत्येक वर्ष सेवा सुविधा थपिदै गएपनि भौतिक संरचना भने जीर्ण, चुहिने अवस्थामा नै रहेको छ । कञ्चनपुर जिल्लाभरिका ५१३७५७ नागरिकहरूलाई आयुर्वेद सेवा प्रदान गर्ने औषधालयमा १ जना आयुर्वेद चिकित्सक सहित ३ जना प्राविधिक रहेका छन् । विशेषज्ञ आयुर्वेद चिकित्सक सहित औषधालयलाई अस्पतालमा स्तरोन्नति गरी आवश्यक जनशक्ति थप गरिदा कञ्चनपुरवासीले आयुर्वेद सेवा सहज रूपमा प्राप्त गर्न सक्छन । सुदूरपश्चिम प्रदेश सरकारले आ व २०७९।८० मा यस औषधालयलाई १० शैयाको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति गर्ने निर्णय गर्यो र गत आ व २०८०।८१ मा चिकित्सालय भवन निर्माणका लागि डि पि आर स्वीकृत गरी यस वर्ष निर्माणका लागि थोरै भए पनि बजेट विनियोजित गरेको छ ।
आयुर्वेदका जिल्ला कार्यालयहरू देशैभरि प्रायः सदरमुकाम बाहिर, मुख्य बजारभन्दा टाढा अवस्थित रहेकोमा कञ्चनपुर जिल्लामा भने अपवादको रूपमा भीमदत्त नगरको मुख्य बजार नजिकै मालपोत र यातायात कार्यालयसंगै जोडिएको छ । सेवाग्राहीको सहज पहुँच भएकोले महाकाली आयुर्वेद औषधालय देशभरि नै सेवाग्राहीको अधिक चाप हुने कार्यालयहरू मध्येमा पर्दछ । सुदूरपश्चिम प्रदेशका मुख्य गरि दार्चुला, बैतडी र डडेल्धुरा लगायतका पहाडी जिल्लाबाट समेत यस औषधालयमा विरामीहरू सेवा लिन आउने गरेका छन् ।
गत आर्थिक वर्षमा औषधालयको बहिरंग विभागबाट १४८६२ महिला र १५५२१ पुरूषले सेवा लिएका छन् । साथै कुल ७३७८ जेष्ठ नागरिक मध्ये १२७८ ले रसायन औषधि, १३४९ ले स्नेहन र १४४० ले स्वेदन सेवा यस औषधालयबाट सेवा लिएका छन् । पञ्चकर्म विभागबाट २६०६ जनाले एकाङ्ग स्वेदन, २८२३ जनाले सर्वाङ्ग स्वेदन, ४६० जनाले शिरोधारा ४०३७ जनाले अभ्यङ्ग सेवा लिएका छन् । औषधालयको तथ्याङ्क अनुसार कुल ३०३८३ सेवाग्राहि मध्ये सबैभन्दा धेरै ७०९३ जना विरामी अम्लपित्त, १३७० मधुमेह, १३१० उच्चरक्तचाप, १३३६ वातव्याधिका विरामीहरू सेवा लिएका थिए । प्रयोगशाला सेवामा कुल ५५६८ जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् जसमध्ये प्राय मधुमेहका विरामीहरू छन् ।
गत आर्थिक वर्षमा स्वास्थ्य निर्देशनालय, डोटीले आयुर्वेद चिकित्सकहरूलाई अल्ट्रासाउण्ड सम्बन्धी तालिम दियो र साथै अल्ट्रासाउण्ड मशिन खरिदका लागि बजेट पनि सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको थियो । अल्ट्रासाउण्ड सेवालाई कलेजो, मृगौला र अन्य अंगहरूमा हुने रोगहरूको कअचभभलष्लन गर्दा समयमै रोग पत्ता लगाइ उपचारमा सहयोग हुन सक्छ भन्ने हेतुले महाकाली आयुर्वेद औषधालयमा निःशुल्क अल्ट्रासाउण्ड सेवा शुरू गरिएको छ र यसबाट सयौँ सेवाग्राहीहरू लाभान्वित भएका छन् ।
महाकाली आयुर्वेद औषधालय, कञ्चनपुरमा निःशुल्क प्रदान गरिने सेवाहरूः
ज्ञ. बहिरंग सेवा
द्द. पञ्चकर्म (पूर्वकर्म सेवा) कार्यक्रम
घ. औषधि वितरण
द्ध. स्वस्थ जीवन कार्यक्रम
छ. प्रयोगशाला सेवा
ट. भिडियो एक्सरे सेवा
ठ. नसर्ने रोग व्यवस्थापन कार्यक्रम
ड. रसायन तथा वाजिकरण कार्यक्रम
ढ. जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम
ज्ञण्. स्तनपायी आमालाई स्तन्यवर्धक औषधि वितरण कार्यक्रम
ज्ञज्ञ. नागरिक आरोग्य कार्यक्रम
यस औषधालयको प्रमुख सेवाहरूमध्ये पञ्चकर्म सेवा सञ्चालनका लागि अलग अलग महिला र पुरूष कक्ष हुनुपर्ने तर सो को लागि पर्यीप्त कोठा नभएकाले एउटै कोठामा महिला पुरूषलाई पञ्चकर्म सेवा दिइएको छ। पञ्चकर्म सेवा लैङ्गिक मैत्री नभएको व्यापक जनगुनासो आएकोले उक्त सेवा सुदृढीकरण गर्न कम्तिमा पनि २ वटा पञ्चकर्म कक्ष र १ वटा चेन्जिङ रूम र १ वटा ग्यास चुलो सक्सन भएको प्रिफ्याब भवन तत्काल आवश्यक रहेको छ र त्यसका लागि सामाजिका विकास मन्त्रालय, धनगढीलाई पत्राचार गरिएको छ ।
आयुर्वेद सेवा कार्यक्रम जनअपेक्षा अनुसार गुणस्तरीय रूपमा सञ्चालन गर्न सेवाग्राहीको चाप र सेवामा पहुँचको लागि सम्भाव्य जनसंख्या समेत आकलन गरी सोही अनुपातमा औषधि खरिद, ल्याब रिएजेन्ट । सामग्री खरिद, पञ्चकर्म, स्वस्थ जीवन लगायतका प्रदेश सरकारबाट बजेट विनियोजन गर्दा सेवाको प्रभावकारिता र औचित्य प्रवर्धन हुन्छ । सुदूरपश्चिम प्रदेशका ५ ६ लाख जनसंख्या भएका जिल्ला र १ लाख पनि जनसंख्या नपुग्ने जिल्लामा समान किसिमको बजेट विनियोजन हुने गरेकोमा यस प्रवृत्तिमा परिवर्तन हुनु आवश्यक छ । आयुर्वेद औषधि रोग उपचारको साथै रसायनको रूपमा स्वास्थ्य प्रवर्धनका लागि महिनौसम्म तथा अमला जस्ता जडिबुटी त आजीवनै पनि सेवन गर्नुपर्ने भएको र सो को लागि औषधालयलाई विनियोजित बजेटबाट निःशुल्क रूपमा औषधिहरू उपलब्ध गराउन सम्भव नभएको हुदा औषधालयभित्रै सशुल्क फार्मेसी संचालन गर्नु जरूरी छ ।
(लेखक महाकाली आयुर्वेद औषधालयका कार्यालय प्रमुख हुन् ।)