सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईसीसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग पराजित

काठमाडौं – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

जित्नलाई २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । अव अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ । नेपालल लिग–२ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds