नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११ स्
आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल९कप्तान०, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।