सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हङकङ सिक्सेसको क्वाटरफाइनल खेलमा नेपाल पराजित

काठमाडौँ – हङकङ सिक्सेसको क्वाटरफाइनल खेलमा नेपाल पराजित भएको छ।

शनिबार दिउँसो शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा भएको तेस्रो क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो। श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५ ओभरमा अल आउट हुँदै ८३ रन बनायो। ओपनर लोकेश बम तेस्रो बलमा र कप्तान सन्दीप जोरा आफ्नो पहिलो बलमै आउट भएपछि रसिद खानले खेललाई नेपालको पक्षमा ल्याउने प्रयत्न गरेका थिए। चौथो ओभरको अन्तिम चार बलमा उनले लगातार छक्का प्रहार गरे। रसिदले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ रन जोडे।

विवेक यादव ५ रन बनाएर आउट हुँदा नारायण जोशीले १३ रन जोडे। प्रतिश जिसी शून्यमै आउट भए। बलिङतर्फ लिहुरू समरकुन र थरिन्डु रत्नायकले दुईरदुई तथा धनन्जय लक्षण र लिहुरू मधुसंकाले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो।

ओपनर सन्दुन विराकोडीले ५० रन बनाए। कप्तान लिहुरू मधुशंकाले ३१, लिहुरू समराकुनले २२ तथा थानुका दबारेले १८ रन जोडे। बलिङतर्फ प्रतिश जिसी र नारायण जोशीले एकरएक विकेट लिए। उपहार खबर

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds