सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्ट्रेलियाका बेन कटिङले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग खेल्ने

अस्ट्रेलियाका क्रिकेटर बेन कटिङले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

३७ वर्षीय अलराउन्डर कटिङलाई दोस्रो विदेशी खेलाडीका रूपमा आज टोलीमा अनुबन्ध गरेको लुम्बिनीले जनाएको छ । लुम्बिनीले यसअघि इङ्गल्यान्डका विकेटकिपर ब्याटर टम मोर्सलाई अनुबन्ध गरेको थियो ।

कटिङले अस्ट्रेलियाबाट चार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र सात टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । अस्ट्रेलियाका कटिङले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग लगायतका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् ।

Mahakali Polytechnic

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds