सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तानसँगको टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा, कप्तानको टुङ्गो लागेन

पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । पाकिस्तानसँगको घरेलु शृङ्खलाका लागि अस्ट्रेलियाको १३ सदस्यीय टोली घोषणा भएको हो ।

तीन जना तीव्र गतिका बलर जेभियर बार्टलेट, नाथन एलिस र स्पेन्सर जोनसन टोलीमा फर्किएका छन् । यस्तै ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एडम जम्पा र जोश इङ्गलिस टोलीमा फर्किएका छन् ।

यो टोलीमा टेस्ट टोलीका महत्त्वपूर्ण खेलाडीहरू परेका छैनन् । उनीहरूले आउँदो नोभेम्बरमा शुरू हुने भारतसँगको पाँच खेलको महत्त्वपूर्ण शृङ्खलाका तयारी गरिरहेका छन् ।

अस्ट्रेलियाले पाकिस्तानसँगको शृङ्खलाका लागि नयाँ कप्तान खोज्न बाँकी नै छ । अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० शृङ्खला आउँदो नोभेम्बर १४ देखि ब्रिसबेनमा शुरू हुनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds