सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदकाे अनुराेध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्कीले रवि लामिछाने भागेर कतै नजाने भएकाले थुनामै राखेर राजनीतिक प्रतिशोध नसाँध्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभएको हो । लामिछानेले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था रहेको र उहाँले प्रमाण नष्ट गर्ने सम्भावना पनि नरहेकाले थुनामा राख्न जरुरी नभएको कार्कीको भनाइ छ ।

‘उहाँ (रवि लामिछाने) भागेर जाने व्यक्ति होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ, रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु’, रास्वपाकी सांसद कार्कीले भन्नुभयो ।

१२ लाख मत ल्याएको र देशकै चौथो ठूलो दलको सभापतिलाई पक्राउ गरेर थुनामा राख्दा नागरिकको आन्दोलन हुनु स्वाभाविक भएको भन्दै उहाँले यसलाई न्यायालयलाई प्रभावित पार्ने कोशिशका रूपमा नलिन आग्रह गर्नुभएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds