सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्समा आबद्ध

विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका दिग्गज खेलाडी जोन्टी रोड्स नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्समा तीन वर्षको सम्झौतासहित आबद्ध भएका छन् ।

जोन्टी रोड्सलाई परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेको पोखरा एभेन्जर्सले जनाएको छ । जोन्टीलाई आफ्नो टोलीमा पाउँदा निकै उत्साहित भएको र उनको अनुभवले युवा खेलाडीको क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले बताएका छन् ।

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्ससँग काम गरिसकेका छन् भने अहिले लखनउ सुपर जायन्ट्समा आबद्ध छन् । पोखरा एभेन्जर्सको मेन्टरका रूपमा नियुक्त भएपछि उनले टिमलाई बलियो बनाउन प्रयास गर्ने बताए ।

पोखराले चार विदेशी खेलाडीको कोटामा तीन जनालाई अनुबन्ध गरिसकेको छ । पोखराले विदेशी खेलाडीका रूपमा अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लीड र वेस्ट इन्डिजका एन्डसन फिलिपलाई भित्र्याएको हो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds