सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका पत्रकार गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार

कञ्चनपुर । कञ्चनपुरका युवा पत्रकार मदन गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार पाइएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पत्रकार गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

बुधबार वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारण सभामा पत्रकार गिरीलाई नगद ५१ सय सहित प्रमाण पत्र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिएको छ । आर्थिक क्षेत्रमा समाचार सम्प्रेषण गरेर अर्थव्यापार टेवा पुर्याएको भन्दै पत्रकार गिरीलाई पुरस्कार प्रदान गरिएको वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले बताए ।

प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले पत्रकार गिरीलाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरेका थिए । आर्थिक अभियान दैनिक कञ्चनपुरका समाचारदाता एव आर्थिक दृष्टिका सम्पादक गिरी दशकदेखि पत्रकारिता क्षेत्रमा सकृय छन् ।

Mahakali Polytechnic

दार्चुलाका स्थानीय समेत रहेका पत्रकार गिरी कञ्चनपुरमा अध्ययनसँगै पत्रकारिता गर्दै आएका छन् । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका गिरीले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताए । वाणिज्य सङ्घले हरेक वार्षिक साधारणमा जिल्लाका एक पत्रकारलाई यसरी नै पुरस्कृत गर्दै आएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds