सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करेला खाँदा तितो, फाइदा मिठो

करेलाको सेवनले मानिसलाई धेरै प्रकारका रोगहरूबाट बचाउन सक्छ । यो शरीरलाई डिटोक्सिफाई गर्न पनि धेरै फाइदाजनक साबित हुन सक्छ। तर, केही मानिसहरूले भने करेलाको कम उपभोग गर्नुपर्छ। यसमा शरीरमा चिनीको मात्रा कम भएका, ग्यास्ट्राइटिस, कलेजो र मिर्गौला रोग भएकाहरू पर्छन् ।

करेलामा अल्फा लाइपोलिक एसिड हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा फाइबर पनि राम्रो मात्रामा पाइन्छ । करेलालाई काँचै वा यसको जुस निकालेर पनि पिउन सकिन्छ।

यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ । यसबाहेक करेलामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

करेलामा भिटामिन सी र भिटामिन ए पनि हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो उच्च मधुमेहका रोगीहरूको लागि धेरै उपयोगी छ । रातोपाटी बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds