सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

कञ्चनपुर: जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सूचना आव्हान गरेसँगै चौतर्फी विरोध भइरहेको छ । गत असोज पहिलो साता भीमदत्त नगरपालिका स्थानीय सरकारले मदन चोकमा २२ सटर निर्माणका लागि टेन्डर आव्हान गरेसँगै स्थानीयले चौतर्फी विरोध गरेका हुन । यस अघि सडकमै परेका उक्त सटर निर्माणका लागि भवन आचार संहिता विपरित बजारको सौन्दर्यता कुरूप पार्ने गरी सटर निर्माणका लागि टेन्डर आव्हान भएको भन्दै काँग्रेस सहितका स्थानीय विरोध गरेका छन् ।

मङ्गलबार कञ्चनपुरका विभिन्न राजनीतिक दल निकट विद्यार्थी युवा सङ्घ सङ्गठनहरूका नेता कार्यकर्ताहरूले बजारमा २२ सटर नबनाउन माग अघि सारेर भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले मापदण्ड विपरित फेरिपनि स्थानीय सरकारले व्यवसायीलाई सडक मिचेर सटर बनाइदिने निर्णय विरुद्धमा चौतर्फी विरोध भएपछि विभिन्न राजनीतिक दल निकट युवा विद्यार्थीले प्रशासन र भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताए । निकालेको टेन्डर २४ घण्टासम्म बदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनका अनुसार नेकपा बहुमत सहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पाटी, काँग्रेस सहितका दलका युवा, विद्यार्थीले भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद सापकोटालाई अल्टिमेटम बुझाएका हुन् । महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित जमिन खाली गर्नुपर्ने र नगरविकास समिति, नगरपालिका स्वामित्वमा रहेका सटरको भाडाको विषयमा समेत ध्यानाकर्षण गराएका छन । विगतदेखि केही व्यक्ति व्यवसायीले सटर हत्याएर तेब्बर बढि भाडा असुल्ने काम भएको भन्दै सो कार्य पनि रोक्नुपर्ने माग अघि सारेका छन ।

जिल्लाका युवा विद्यार्थीले बुझाएको ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद सापकोटाले नगर विकास समितिको जमिन, सटर भाडादेखि सटर निर्माणको विषयमा थप अध्ययन गरेर अघि बढ्ने बताएका थिए ।

Mahakali Polytechnic

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्र राज विष्टले सडकलाई डिस्टर्ब हुने गरेर पुन सटर निर्माण गर्ने कार्यको विरोध भइरहेको बताए । ‘पहिले पनि उक्त २२ सटरका कारण लामो समयसम्म सडक बनेन, अहिले फेरी ठाउँ नै नभएको स्थानमा सडक बनाउन खोजियो, ‘उनले भने, ‘फुटपाथ नै नराखेर सटर निर्माण कार्यको हाम्रो विरोध हो ।’ अर्कातिर अतिक्रमित सार्वजनिक जमिन हटाउने काम भएको छैन ।’ नेकपा एकीकृत समाजवादीका युवा नेता प्रज्ज्वल कुँवरले बजारको कुरुपता नियम विपरित निर्माण हुने सटर विरुद्धमा आन्दोलन गर्न लागेको बताए ।

World Link Ads

उनले स्थानीय सरकारले आफ्ना नेता कार्यकर्ताहरुलाई पोस्नका लागि नियम विपरित गर्ने कार्यको सबै दल सङ्घ संगठनले विरोध गरेको बताए । नेकपा माओवादी कञ्चनपुरका युवा नेता सिके भट्टले २२ सटर सहितका सबै बेथिति विरुद्धमा युवा, विद्यार्थी एकजुट भएको बताए । ‘सरकारी जमिन र सडक हडप्ने गिरोह विरुद्ध हाम्रो प्रारम्भिक आवाज हो, ‘उनले भने, ‘यो अब जिल्लाभरीका सरोकारका विषयमा मुद्दा उठान गछौँ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds