सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजवादीका जिल्ला सचिवालय सदस्य भट्ट फर्किए एमाले

महेन्द्रनगर । एकीकृत समाजवादी कञ्चनपुरका सचिवालय सदस्य रामदत्त भट्ट एमाले फर्किएका छन् । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा बिहीबार भट्टलाई खादा र माला लगाएर स्वागत गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुुर इन्चार्ज निरुदेबी पाल र जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायतले भट्टलाई फूलमाला र खादा लगाएर एमालेमा स्वागत गरेका छन् ।

एमालेबाट २०५४ को स्थानीय निकाय निर्वाचनमा भट्ट भीमदत्त नगरपालिका ६ को वडा अध्यक्ष निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा उनी समाजवादी प्रवेश गरेका थिए ।

भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुन लागेको स्थानीय तह निार्वाचनको पूर्व सन्ध्यामा उनी एमाले र्फिर्कएका हुन् । विकल्प दैनिक

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds