सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटका वडाध्यक्ष जोशीलाई कञ्चनपुर प्रहरीको सम्मान

धन सिह धामी- कञ्चनपुरका एक वडाध्यक्ष जनप्रतिनिधीलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीलाई सम्मान गरेको हो । बुधबार ५९औँ प्रहरी दिवस ०८१ को अवसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष जोशीलाई सम्मान गरिएको छ । वडाध्यक्ष जोशीले बेदकोट नगरपालिका ८ गैलनदीमा अस्थायी प्रहरी चौकी स्थापनादेखि ग्रामिण भेगको शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । राजमार्गदेखि चुरेसम्म जोडिएको बेदकोट ८मा विगतदेखि उक्त वडामा प्रहरीको उपस्थिति नहुँदा शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै वडाध्यक्ष जोशीले प्रहरी चौकी स्थापनाका लागि पहल गरेका थिए ।

उक्त वडा गृहमन्त्री रमेश लेखकको गृह वडापनि हो । वडाध्यक्ष महेशराज जोशीले अस्थायी नभई स्थायी प्रंहरी चौकी हुनुपर्नेमा माग अघि सार्दै आएका छन ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds