सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्री पदसंग मतदाताको पसिना जोडिएको छ, पदको दुरुपयोग गर्दिन: उद्योगमन्त्री भण्डारी

बैतडी: संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताउनुभएको छ। बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौली स्थीत एमालेले आयोजना गरेको सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत,पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्नेगरी काम गरिरहेको बताउनुभयो।

उहाँले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो।

जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाई छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ की छैन भनेर परिक्षण गरेर मात्रै कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उहाँको जिकिर छ ।

Mahakali Polytechnic

‘विगतको सरकारमा म पनि सहभागि थिए, तर म आवद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरु कटौती गरिए,’ उहाँले भन्नुभयो । चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन्।

World Link Ads

‘परिणाममुखी योजना ल्याउनुपर्छ’
उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभएको छ। स्थानीयतहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिने खालले बजेट विनियोजन गरि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री उहाँको जोड छ ।

Sana Kishan

‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनैपनि योजनाले परिणाम दिनैपर्ने हुन्छ, उनले भने ।’ उत्पादन वृद्धि गर्ने र रोजगारी सृर्जना गर्नेगरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds