सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बहुमतद्वारा लालझाडी बेलडाँडीमा ज्ञापन : भ्रष्टाचार नरोके आन्दोलनको चेतावनी

कञ्चनपुर – नेकपा बहुमतले कञ्चनपुरको लालझाडी र बेलडाँडी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । बहुमत कञ्चनपुरले भ्रष्टाचार विरुद्धको अभियान स्वरुप पहिलो चरणमा पालिकाहरूमा ज्ञापन पत्र बुझाईरहेको छ ।

नेकपा बहमुत कञ्चनपुरका युवा नेता सुरेन्द्र धानुकले पालिका सरकारलाई ज्ञापन पत्र बुझाउने अन्तिम दिन बेलडाँडी र लालझाडीमा बुझाएको बताए । उनका अनुसार पालिकाहरूमा हुने नीतिगतदेखिका भ्रष्टाचार नरोके आन्दोलनको चेतावनी दिइएको छ ।

नेता धानुकले जिल्ला इन्चार्ज अर्जुन, सेक्रटरी नक्साल सहितका नेता कार्यकर्ताहरूले पालिकाले भ्रष्टाचार नभई जनताको आधारभूत आवश्यकता अनुरूप काम गर्नुपर्नेमा जनप्रतिनिधि कर्मचारीलाई सचेत गराएका छन् ।

Mahakali Polytechnic

जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा हुने भ्रष्टाचार रोक्नुको विकल्प नभएको नेकपा बहुमत कञ्चनपुरको ठहर छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds