सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका एक–दुई ठाउँमा वर्षाको सम्भावना

अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम बदलीकै अवस्था छ ।

आज दिउँसो पनि मौसम बदली नै रहने र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली नै रहनेछ । बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो र मध्यम पानी पर्दा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिम वा क्षतिबाट जोगिन तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, यात्रालगायतमा असर पर्नसक्नेतर्फ सतर्कता अपनाउन महाशाखाका मौसमविद् रोजन लामिछानेको आग्रह छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds